Sbs Nepali -
'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:36
- More information
Informações:
Synopsis
गत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन बारे सन्देश दिएका थिए। यसै क्रममा काठमान्डू प्रज्ञा कुञ्ज विद्यालयका विद्यार्थी, नाटकका निर्देशक टङ्क चौलागाईँ र पाठशालाका निवर्तमान अध्यक्ष प्रकाश बस्ताकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।